दोलखामा कांग्रेसद्वारा बुथ कब्जा गर्ने प्रयास - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

दोलखामा कांग्रेसद्वारा बुथ कब्जा गर्ने प्रयास



निर्वाचन आयोगले विहान ७ बजेदेखि मतदानको व्यवस्था गरेपनि दोलखाको बैतेश्वर गाउँपालिकामा भने मतदान अझै सुरु भएको छैन ।

१ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै बुथ कब्जा गर्न खोजेको भन्दै तनावको परिस्थिति उत्पन्न भएपछि मतदान हुन नसकेको हो ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच उत्पन्न तनाव साम्य गर्न प्रहरीले वडा २ मा हवाई फायर समेत गरेको छ ।