दोहामा राष्ट्रिय कलाकारहरू सम्मानित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दोहामा राष्ट्रिय कलाकारहरू सम्मानित



तिलु शर्मा पौडेल
दोहा, कतार

नुवाकोट सेवा समाज दोहा कतारले आयोजना गरेको नयाँ वर्ष धमाका २०७५ मा आफ्नो साङ्गीतिक प्रस्तुति राख्न कतार आएका कलाकारहरू सम्मानित भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखा र स्याङ्जा सहयोग समाज कतारले संयुक्त रूपमा हिजो साँझ एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

उक्त कार्यक्रमलाई समाजका अध्यक्ष धनन्जय लम्सालले प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका का.बा.अध्यक्ष शक्ति क्षेत्रीले सभापतित्व गरेका थिए । नज्माको युनिक रेस्टुरेन्टको हलमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट सेवा समाजका सल्लाहकार नारायण भण्डारी, स्याङ्जा सहयोग समाजका संस्थापक उपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार पूर्ण केसी, भेषराज पराजुली प्रतिष्ठानका सचिव हरि विनोद अधिकारी, कोषाध्यक्ष शिवराम ढकाल लगायतका विशेष अतिथि रहेका थिए भने दुवै संस्थाका कार्यसमितिका पधाधिकारिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

घनश्याम जैसीलको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रममा बोल्ने अधिकांशले कलाकारहरूको व्यक्तिगत तथा साङ्गीतिक जीवन सफलताको कामना गरे । नुवाकोटेले गरेको सफल कार्यक्रमको प्रशंसा गर्दै कलाकार सम्मानको लागि समय उपलब्ध गराएकोमा धन्यवाद प्रकट गरेका थिए । आफ्नो मन्तव्यको क्रममा भण्डारीले दोहामा कलाकार ल्याउँदा पनि विभेद र झन् सम्मान गर्दा आफ्नो जिल्ला,जात धर्म हेरेर गर्ने प्रचलन व्याप्त रहेको बेला स्याङ्जा र प्रतिष्ठानले मिलेर विभेद रहित गरी सबै कलाकारलाई समान दर्जा दिएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

उक्त कार्यक्रमबाट गायक तथा सङ्गीतकार रुपक डोटेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नुवाकोट शाखाका उपाध्यक्ष तथा भर्सटायल गायक मदन थापा र त्यस्तै धादिंङ शाखाकी कोषाध्यक्ष तथा म्यन्दोमाया गायिका मनमाया वाइबा र प्रतिष्ठानकै चावहिल एरिया समिति सदस्य स्मृति गौतम सम्मानित भएका हुन्स ।माजले सम्मान पत्र तथा खादा र प्रतिष्ठानका तर्फबाट दोसल्लाले सम्मान गरिएको थियो ।

सम्मान ग्रहण पछि बोल्दै कलाकारहरूले प्रवासको व्यस्त समयको बाबजुद कलाकारको सम्मानार्थ जुट्ने दुवै संस्था प्रति आभार सहित क्षमता र प्रतिभालाई पहिचान गरी फरक फरक टाउको कलाकारलाई स्टेज प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लम्सालले स्याङ्जा जिल्लाको जुनसुकै कलाकार कतार आउँदा संस्थागत सम्मान गर्ने गरेको र कहिल्यै पनि फरक जिल्ला,जातजाति भनेर विभेद नगरिएको बताए । संस्थाले कतारमा मात्र नभएर जिल्लाको विकासमा पनि विशेष योगदान दिएको बताए । अर्जुन बिक घिमिरेले सहजीकरण गरेको कार्यक्रममा सभापति क्षेत्रीले प्रतिष्ठान कतारमा भर्खर रोपिएको बिरुवा भएको र यसलाई थपमलजल गर्दै अघि बढ्न आवश्यक रहेको भन्दै महत्त्वपूर्ण समय प्रदान गरेकोमा नुवाकोट समाज परिवार र कलाकारहरूलाई धन्यवाद दिँदै समापन गरेका थिए ।