डोडा नदीमा डुबेर ५५ वर्षीय थापाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डोडा नदीमा डुबेर ५५ वर्षीय थापाको मृत्यु



विशाल पाण्डेय / कैलाली ।

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका -८ दिपनगरका बर्ष ५५ का नौले थापाको मृत्यु भएको हो ।

बिहीबार राति करिब १०:३० बजेतिर डोडा नदीमा डुबेर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले हिमाल पोस्टलाई जानकारी दिए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि भजनी लगिएको जोशीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (साङ्केतिक तस्बिर)