३३ जना चिकित्सकको टोली काठमाडौंबाट धनगढी पुग्यो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

३३ जना चिकित्सकको टोली काठमाडौंबाट धनगढी पुग्यो



कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आज धनगढी पुगेको छ । सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो ।

संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसंगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या पाँच पुगेको छ भने उनीहरु सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।