डाक्टरले नबुझ्ने अक्षर लेखे सिधै कारवाही - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

डाक्टरले नबुझ्ने अक्षर लेखे सिधै कारवाही



काठमाडौं – बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ ।

मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई कारबाही गरिने पनि जनाइएको छ । गोरखापत्रमा समाचार छापिएको छ ।

कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा मात्र लेख्ने आरोप पनि लाग्दै आएको छ ।

काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने,

-यो नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा भएको विषय हो ।

-पछिल्लो समय नर्स तथा पारामेडिक्सहरुले समेत डाक्टर भनेर प्रेस्क्रिप्सन गरेको पाइयो ।