केपी ओली डाक्टर बनेपछि माधव नेपाल बने प्रोफेसर - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

केपी ओली डाक्टर बनेपछि माधव नेपाल बने प्रोफेसर



प्रधानमन्त्री केपी ओलीलाई भारतको विद्यालयले मानार्थ डाक्टरको उपाधि प्रदान गरेपछि एमालेकै पुर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई  ‘नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्रोफेसरको उपाधि प्रदान गरेको छ । नेपाललाई नेपाल चीन सम्बन्धमा अतुलनीय योगदान पुर्‍याएको भन्दै ‘नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्रोफेसरको उपाधि प्रदान गरेको हो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले चीन सरकारसँग भएका सहमति र सम्झौताहरु पूर्ण रुपमा कार्यान्वयन हुने बताएका छन् ।

 

पहिलो सांघाई को–अपरेसन अर्गनाइजेसन एससीओ पिपुल्स फोरमद्वारा सियानमा आयोजित ‘प्रोमोटिङ रिजनल पिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ कार्यक्रममा सहभागी हुने क्रममा चिनियाँ उच्च अधिकारीहरुसँग छलफल गर्दै नेता नेपालले सहमति र संझौताहरु नेपालले पूर्ण रुपमा कार्यन्यन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘बेल्ट एण्ड रोड’ मा नेपालले संझौता गरिसकेको स्मरण गर्दै नेता नेपालले यसबाट नेपालले पूर्णरुपमा लाभ लिने बताएका थिए ।

अर्को एक प्रसंगमा नेता नेपालले नेपालका दुई कम्युनिष्ट पार्टी बीच हुन लागेको एकताले चीन निकै खुसी भएको बताए । ‘दुई पार्टीको एकताको कुराले उहाँहरु निकै खुसी हुनु भयो’ नेता नेपालले भने, ‘एकता घोषणा सभाका लागि समेत चीनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौं । एकता घोषणा सभामा चिनियाँ पक्षको प्रतिनिधित्व हुनेछ ।’

नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा पनि चिनियाँ उच्च अधिकारीहरुसँग छलफल भएको जानकारी दिए ।