केटीहरुलाई जिस्काउनु हुन्छ ? यसरी नाङ्गेझार हुनु पर्ला ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

केटीहरुलाई जिस्काउनु हुन्छ ? यसरी नाङ्गेझार हुनु पर्ला !



एजेन्सी ।

पुनेको वारजे मारवाडी क्षेत्रमा दुई केटाहरुलाई खुल्लेआमरुपमा पिट्दै नाङ्गो घुमाइएको छ । खबरको अनुसार दुवै केटाहरु १४ वर्षका हुन् र उनीहरु दुवैमाथि कुनै केटीलाई जिस्काएको आरोप थियो । यो कुरा उनीहरुको भिडियो भाईरल भएपछि सामुन्ने आएको थियो ।

यस घटनापछि केटाको आमाले पुलिस स्टेशनमा उजुरी लेखाएकी थिइन् । त्यसमा ४ जना मानिसहरुलाई गिरफ्तार गरियो । गिरफ्तार गरिएको ४ जनामा एकजना केटीको बुवा पनि थिए । उनले ती केटाहरुले आफ्नी छोरीलाई केही दिन अघिदेखी जिस्काएर दुःख दिदैँ आएको बताए ।

तर, त्यसैमा केटाको आमाले भने ती केटी उनको घरमा धेरै पटक आएको त्यसैले उनको छोरो त्यस्तो गर्न नसक्ने बताए । प्रहरीका अनुसार केटी र केटाबीच राम्रो चिनजान थियो । उनीहरु एउटै कक्षामा अध्ययनरत थिए ।