मन्त्री दीर्घ सोडारीका छोरा पक्राउ, अनुसन्धान हुँदै - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मन्त्री दीर्घ सोडारीका छोरा पक्राउ, अनुसन्धान हुँदै



धनगढी- सुदूरपश्चिम प्रदेशका एक मन्त्रीका छोरा पक्राउ परेका छन् । उनी सवारी ज्यान मुद्दामा फरार थिए ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको हो । २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा आइतबार सोडारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छ ।

गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । सोडारीले बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडी चलाइरहेका थिए ।

न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो । उनको मृत्युपछि मन्त्रीका छोरा सम्पर्कबिहिन बनेका थिए