नेकपाका अर्का नेता पक्राउ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

नेकपाका अर्का नेता पक्राउ



जनकपुरधाम : धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका दिपेन्द्रकुमार यादव (दिपु) पक्राउ परेका छन्।

किर्ते गरेर ठगी गरेको आरोपमा फरार नेकपाका नेतासमेत रहेका यादव पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। यादव जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निवासबाट पक्राउ परेका हुन्। यादवमाथि जनकपुरधाम १० कालालबाबु रौनियारको धितो राखिएको जग्गाको रकमचुक्ता फिर्ता नगरेको अभियोग छ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगतm रुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए। ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।

पीडित रौनियारको बर्दिवास स्थित रहेको ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ। जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी फरार थिए। यादव धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए।

पक्राउ परेका यादवलाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।