भारतकी नम्बर १ नायिका बनिन् दीपिका पादुकोण, चौथोमा प्रियंका चोपडा - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

भारतकी नम्बर १ नायिका बनिन् दीपिका पादुकोण, चौथोमा प्रियंका चोपडा



एजेन्सी- भारतीय चलचित्र उद्योग बलिउडमा अभिनेत्री दीपिका पादुकोण नम्बर १ नायिका बनेकी छन् ।

पादुकोण भारतीय अभिनेत्रीमध्ये नम्बर १ भएकी हुन् । उनी भारतमा हालै एक संस्थाले गरेको सर्वेक्षणमा दीपिका १ नम्बरमा परेकी हुन्।

सर्वेक्षणमा बलिउडका थुप्रै अभिनेत्रीलाई सहभागी गराइएको थियो। सर्वेक्षणले दोस्रो नम्बरमा कैटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौ नम्बरमा कंगना रानावतलाई देखाएको छ। 

बलिउडमा दीपिकाको सुन्दरता र अभिनयको निकै प्रशंसा हुने गरेको छ। बलिउडमा १५ वर्ष बिताएकी दीपिका दर्शकसामु लोकप्रिय छिन्।

उनले थुप्रै नयाँ फिल्ममा काम गरिरहेकी छन्।साहरुख खानको ‘पठान’, ऋतिक रोशनको ‘फाइटर’ लगायतका फिल्ममा दीपिका ऋतिकसँग पहिलो पटक जोडीका रुपमा पर्दामा देखिने तयारीमा छिन्।