दिपकराजले गरे पूर्वराजाको तारिफ: ‘सबै कुरा गुमाउँदा पनि यो मुस्कान ?’
काठमाडौँ । कालाकार तथा निर्माता दिपकराज गिरीले पुर्वराजा ज्ञानेन्द्र शाह क्लवमा रमाएको बारे टिप्पणी गरेका छन् । शनिबार ठमेलको एलओडीमा परिवारसहित रमाएका पुर्वराजाको सर्वत्र चर्चा भैरहेका बेला उनले प्रशंसा गरेका हुन् ।
सामाजिक सञ्जालमा पूर्वराजाको फोटो शेयर गर्दै उनले आफु वैचारिक रुपमा आफूलाई पुर्वराजा ज्ञानेन्द्र शाह कहिलै मन नपरे पनि उनी स्वयम एक पाठशाला भएको भन्दै गिरीले तारिफ गरेका छन् ।
उनले फेसबुक पेजमा एउटा स्टाटस लेख्दै भनेका छन्,‘वैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाई, तर व्यक्ति ज्ञानेन्द्र चाँहि स्वयं एउटा पाठशाला हो । सबै कुरा गुमाउँदा पनि यो मुस्कान, यो स्वच्छन्दता, जिन्दगी बॉच्ने कला उहॉले भन्दा बढी कसले सिकाउन सक्छ ।