दिपकराज गिरीलाई लाग्यो ६ अभियोग ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दिपकराज गिरीलाई लाग्यो ६ अभियोग !



तितो सत्य एक समयको सबैभन्दा हिट हाँस्य टेलिचलचित्र हो । अब तितो सत्य र दिपकराज गिरीलाई र छुट्याएर हेर्ने त कुरै भएन । हो, तितो सत्य छाडेर चलचित्रमा एकाएक राज गरेका दिपक, चर्चासँगै विवादमा पनि आइरहेका हुन्छन्,  मिजास स्वभावका र अत्यन्तै सहयोगी दीपक ‘छक्का पञ्जा ३’ को छायाङ्कनको क्रममा पर्वत पुगेका छन्, यति बेला उनि सुटिङमै व्यस्त छन्। उनलाई जनताले बुझ्ने प्रश्नलाई अभियोग बनाएर हामीले सोधेका छौं । पस्तुत छ दीपक राज गिरी लाई हिमालपोष्ट सहकर्मी राजीव भुसालले लगाएका ६ अभियोग र उनको स्पष्टीकरण जस्ताको त्यस्तै …..

  • तपाईँ हिट भएपछि, पैसो कमाएपछि त सबैको विरोध पो गर्न थाल्नु भो भन्ने आरोप छ नि ?

होइन कहाँ विरोध गर्नु भर्खरै माधव वाग्लेको सपोट गरिराछु। म जनताको आवाज बोल्छु, जनता हरुलेके भन्नू हुन्छ म त्यही बोल्छु। कसैको विरोध गरेर के पाउनु छ र मलाई ।

  • आजकल त दिपकराज गिरी बिनाको फिल्म चल्नै छाडे नि ?

(हा हा … हाँस्दै) त्यो होइन मेरो टिम राम्रो छ। म चल्या होइन मेरो टिम चल्या हो। म जुन चलचित्रमा आबद्ध हुन्छ त्यो चलचित्रको टिम हेरेर मात्र हुन्छु। टिम राम्रो भयो भने फिल्म राम्रो हुन्छ।

  • अवार्ड समारोहमा पनि नजाने घोषणा गर्नुभएछ, नेपालका अवार्ड कार्यक्रमको विश्वास नलागेर की अरू नै केही ?

यो चाहिँ पक्कै हो। नेपाली सिनेमामा हुने अवार्ड एक रात अगाडिनै थाहा भएको हुन्छ। कसले के पाउँछ भनेर। कलाकार लाई भन्दा आयोजक लाई बढी थाहा हुन्छ अवार्ड कसले पाउँछ भनेर। यो कुरामा म सहमत छु त्येसैले अवार्ड कार्यक्रममा जाँदिन।

  • कहिले गीत, कहिले आत्महत्या, कहिले क्यु एफ एक्स, विवादमा तपाईँ बढी मुछिएको देखियो नि ?

मलाई मेरो राशिनै त्यस्तो छ जस्तो लाग्छ। म विवादमा नफसौ भनेर काम गर्छु कहीँ न कहीँ बाट बिबादास्पद भई हाल्छु । जस्तै सङ्गीत चोर्ने काम त सङ्गीतकारले गर्छनी। तर दीपक राज गिरिले चोर्‍यो भनेर मलाईनै गाली गर्छन्। सायद दर्शकको माया बढी पाएको भएर होला?

  • हाँस्यकलाकार भन्दा नायकमा नायकमा भन्दा खलनायकमा सफल हुनु भो, अब के बन्ने इच्छा छ ?

एउटा स्पेसल यो नै बन्छु भन्ने छैन। मलाई अलि बढी खलनायक खालको रोल मन पर्छ। खलनायक भन्दैमा पुरानो चलचित्रमाझै बलात्कार गर्ने खालको होइन। तहल्का मच्चाउने खालको खलनायकको रोलमा फिट हुन्छु जस्तो लाग्छ।

  • तपाईँसँग सङ्गै काम गरेका धेरै सहयात्रीले तपाईँलाई छाडे किन ?

एकदम गलत हाम्रो टिममा लामो समय सम्म सहयात्रीलाई सँगै लिएर हिन्ने दीपक राज गिरी नै हो। अहिले हेर्नुस् न हास्य कलाकार सब एक जुट भएका छौ हामी। एक दुई जना मात्र आफ्नै कारणले व्यस्त भएर हो नत्र भने हेर्नुस् दीपक राज गिरी भनेको टिमलाई एकदम मिलाएर लैजाने मान्छेमा गनिन्छ।