दिपक मनाङेले भने: अब म त्यसै गर्छु - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

दिपक मनाङेले भने: अब म त्यसै गर्छु



चक्रे मिलनमाथि कुटपिट घटनामा ५ वर्ष कैद सजाय सुनाइएका दीपक मनाङेले आफूमाथि अदालतले झेल गरेको बताएका छन् । बिहिबार काठमाण्डुको स्वयम्भुबाट पक्राउ परेका मनाङेलाई शुक्रबार केन्द्रीय कारागार डिल्लीबजार चलान गरिएको छ ।

जेल चलान हुनुअघि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मनाङेले भने, ‘अदालतले नै मलाई झेल गर्‍यो, कुटपिट घटनामा काठमाण्डु जिल्ला अदालतले २ वर्ष सजाय सुनाएको थियो, मैले त्यो कैद भुक्तान गरेँ,’ उनले भने, ‘तर उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएको मैले पत्तै पाइनँ ।’

उनले कानूनी रूपमा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा गएको कुरामा आफ्नो भन्नु केही नरहेको बताएका छन् ।

‘मेरा विरुद्ध त्यत्रो निर्णय हुँदा मलाई छलफलका लागि पनि बोलाइएन र मेरा कानून व्यावसायीलाई पनि खबर गरिएन, म्याद तामेली गरिएन’, उनले भने,‘न्यायालयले नै यसरी झेल गर्न मिल्छ ?’

वडा कार्यालयदेखि आफ्नो घर टोलमा समेत म्याद तामेली नगरी सिधै बेपत्ता म्याद तामेली गरी पत्रिकामा छपाएको उनले आरोप लगाए ।

‘कानून अनुसार मैले म्याद बदरका निम्ति लड्न पाउँछु, अब म त्यसै गर्छु,’ उनले भने, ‘म आफैँ अदालत आउन खोजेको थिएँ, सर्वोच्चको फाइल ढिला पुग्यो।’