कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित



नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका छन्।

चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी स्वतः निष्कासनमा परेका हुन्।

कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको समय सीमाभित्र आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवारसँगै प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको थियो।

१४ औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित कोइरालाले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो।

नेकपा एमालेले चितवन–३ बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विक्रम पाण्डेलाई उम्मेदवार थिए। तर, अन्तिम समयमा आएर एमालेले कोइरालालाई समर्थन गर्दै न्यौपानेको उम्मेदवारी फिर्ता गराएको छ।

जेसिसको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा लागेका कोइराला चितवन कांग्रेसमा लोकप्रिय मानिन्छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा उनले १ हजार ३९४ मत पाएका थिए। चितवन–३ मा कांग्रेसबाट विद्रोह गरेर स्थानीय तह निर्वाचनमा भरतपुर नगरपालिका प्रमुखमा उठेका जगन्नाथ पौडेल पनि उम्मेदवार छन्।