दिनेश डिसी भन्छन: नेपालका सबै कलाकार कम्युनिस्ट बन्नुपर्छ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

दिनेश डिसी भन्छन: नेपालका सबै कलाकार कम्युनिस्ट बन्नुपर्छ



काठमाडौं- कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीले नेपालका सबै कलाकार कम्युनिस्ट बन्नुपर्ने बताएका छन् ।

डिसीले आइतबार राति प्राईम टाईम्स टेलिभिजनमा कुरा गर्दै नेपालका सबै कलाकारका संगठनमा आफो बिचार बाहेकका व्यक्ति नअटाउने समेत बताएका छन् ।

उनले भनेका छन् “देशका सबै कलाकारहरु हाम्रो विचारका बन्न आवस्यक छ । उनले आफूलाई कम्युनिस्टप्रति निकै विश्वास भएको पनि कार्यक्रममा बताएका छन् ।

उनले अगाडी भनेका छन्, ‘म पार्टीकै कारणले मजबुत भएको हुँ, आज जहाँ छु त्यो पार्टीकै कारणले हो ।’

उनले आफू २०३६ सालदेखि कम्युनिस्ट पार्टीकै आस्था बोकेर हिडेको, पार्टीकै लागि काम गरेको र अहिले पनि पार्टीले अर्ह्याएको काम गरिरहेको बताएका छन् ।

डिसीले, कलाकारका सबै संगठनमा कम्युनिस्टलाई भोट हाल्ने व्यक्तिहरू मात्रै नियुक्ति गरिने पनि बताएका छन्।

उनले आफ्ना विचारका व्यक्तिहरूले मात्र कलाकारिताको क्षेत्रमा जिम्मेवारी पाउने समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले आफूलाई सबैभन्दा मनपर्ने नेता केपी ओली रहेको बताएका छन् भने केपी ओली जत्तिको नेता नेपालमै नभएको पनि दाबी गरेका छन् ।