निर्मला काण्ड : दिल्लीराज विष्ट र अंगुर जिसी फरार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मला काण्ड : दिल्लीराज विष्ट र अंगुर जिसी फरार



काठमाडौं । निर्मला हत्यामा जोडिएका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहीबार पनि अदालतमा उपस्थित नभएपछि अदातलले उनीहरुलाई फरारको सूचीमा राखेको छ । अदालतले विष्ट र जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

बिहीबार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काको बयान लिइएको छ । उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी २ मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ । उनीहरुसहित अन्य ४ जना प्रहरी हिरासतमा छन् ।

गएको ११ साउनमा साथी रोशनी बमको घर गएकी निर्मला पन्तको भोलीपल्ट बिहान उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शब भेटिएको थियो । हत्याको प्रमाण मेटाउन तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टले भुमिका खेलेको आरोप छ ।