दिल्लीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिल्लीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार



काठमाडौं– दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो । उनलाइ चार जनाले बलात्कार गरेका थिए ।

भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् ।

रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि लगेर बलात्प्रकार गरेकाे प्रहरीलाई उदृत गर्दै मुम्बइ मिररले जनाएको छ ।

आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ ।

दाइलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो, घटना आइतबारको हो ।