दिल्लीको ईण्डिया गेटमा झल्कियो नेपाली टोपी (फोटो फिचर) - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

दिल्लीको ईण्डिया गेटमा झल्कियो नेपाली टोपी (फोटो फिचर)



नयाँ दिल्ली : देश विदेशमा छरिएर रहेका नेपालीहरूले अङ्ग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी १  का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै गर्दा भारतको राजधानी दिल्लीमा पनि नेपाली जनसमूदायले यो दिवस मनाएका छन् ।

सामाजिक सङ्गठन नेपाली देशभक्त आवाजको आयोजनामा “नेपाली पन, नेपाली मन, हाम्रो अभियान, हाम्रो ढाका टोपी, हाम्रो गौरव हाम्रो पहिचान’ नारामा भारतको राजधानी दिल्ली स्थित इन्डीया गेट परिसरमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको हो ।

नेपाली भेषभुषा र पहिचान झल्कने पोशाकमा सजिएका नेपालीहरूले शिरमा नेपली ढाका टोपी र भादगाँउले टोपी पहिरिएका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा आफ्नो संस्कृति मूल्य मान्यतालाई भुल्दै गइरहेको अवस्थामा आफूहरूले नेपाली समाजमा नौलौ परिवर्तन स्वरूप टोपी दिवस मनाउन सुरु गरेको नेपाल देशभक्त आवाजका संस्थापक बाबुरोका मगरले बताएका छन्  ।

पछिल्लो समय नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि विश्वभर  छरिएका नेपालीहरूले उत्साहका साथ दिवस मनाउने गरेका छन् । विगत पाँच वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिएको हो । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि र्याली लगायतका कार्यक्रम गरी दिवस मनाउन थालिएको हो ।