दिल्लीबाट नेपाली विद्यार्थी बेपत्ता, खोजिदिनका लागि अपिल - Himal Post Himal Post
  • २८ असार २०८२, शनिबार
  •      Sat Jul 12 2025
Logo

दिल्लीबाट नेपाली विद्यार्थी बेपत्ता, खोजिदिनका लागि अपिल



दिल्ली, २० कात्तिक । परिक्षामा राम्रो नतिजा नआएपछि दिल्लीमा अध्यानरत एक नेपाली युवा विरक्तिएर सम्पर्क विहिन भएकाछन् । अकवर भवन, चाणक्यपुरी, दिल्लीको साउथ एशिया युनिभर्सिटीमा ईकोनोमिक्समा मास्टरर्सको अध्यायन गर्दै गरेका २३ वर्षिय विधान अर्याल पहिलो सेमिस्टरको तयारी परिक्षामा राम्रो अंक ल्याउन नसकेपछि विरक्तिएर गत सोमवारदेखि सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले वताएको छ ।bidhan-nagrita

मर्निङ वाकमा निस्किएका विधानले वाकिङबाट फर्के लगत्तै नजिकैको एटीएमबाट रु १० हजार निकालेर बेपत्ता भएका थिए । मर्निङ वाक गर्दा लगाएको लुगामै निस्किएका विधान अर्याल सम्पर्कमा नआएपछि दिल्लीमा कार्यरत बुवा हरिप्रसाद शर्मा र दाजु ईश्वर अधिकारी (मामाका छोरा) चिंतित भएका छन् । विधानका बुवा र दाजुले बेपत्ता भएको तीन दिन वितिसक्दा पनि उनि सम्पर्कमा नआउपछि बुधवार दिल्लीको चाणक्यपुरी प्रहरीचौकीमा खोजबिनका लागि एफआईआर दर्ता गराएका छन् ।

पढनकालागि डुमरवाना, बारा जिल्ला नेपालबाट चार महिना अघि दिल्ली आएका अर्यालले परिक्षामा राम्रो अंक नआएपछि बिगत केही दिनदेखि टाउको दुःखेको गुनासो गर्दै आएका थिए । पढाईमा आएको समस्याका कारण अर्याललाई डिप्रेशन भएर सम्पर्क विहिन भएको हुनसक्ने अनुमान परिवारका सदस्यहरुले गरेकाछन ।

बेपत्ता भएका अर्यालको खोजिमा परिवारका सदस्यहरु सहित दिल्ली पुलिस, नेपाली दुतावास, दिल्ली स्थित नेपाली संघ संगठनहरु र उनका आफन्तहरु सक्रिय भएका छन् । वेपत्ता भएका विधान अर्यालबारे तपाईलाई कुनै जानकारी भएमा मो नं +91-9716714026  / +91-7531950641  मा सम्पर्क गरिदिन उनका आफन्तहरुले आग्रह गरेका छन् ।