मन्त्री बडूका स्वकीय सचिवको ताण्डव : कार्यकर्ता कुटे, एक घाइते - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मन्त्री बडूका स्वकीय सचिवको ताण्डव : कार्यकर्ता कुटे, एक घाइते



धनगढी : दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवको कुटपिटबाट एक जना घाइते भएका छन्।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका हुन्।

सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घटना सामान्य भएको बताए।

पाण्डेले अस्पतालमा उपचारपछि घाइते भएका विष्ट साँझ नै डिस्चार्ज भइसकेको बताए।