फेरी हार्यो दिल्ली, डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा बैंग्लोरको जित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फेरी हार्यो दिल्ली, डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा बैंग्लोरको जित



बैंगलुरु- आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले चौथो हार बेहोरेको छ। दिल्लीलाई शनिबार भएको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरले ६ विकेटले पराजित गरेको हो। २ अंक जोडेको दिल्ली अंक तालिकाको पुछारमा छ। जितसँगै ४ अंक जोडेको बैंग्लोर पाँचौ स्थानमा उक्लियो।

दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य बैंग्लोरले १८ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। बैंग्लोरका लागि एबी डी भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ९० रन जोडे। ३९ बलको सामना गरेका एबीले १० चौका र ५ छक्का प्रहार गरे। मन्दीप सिंह १७ रनमा नटआउट रहे। कप्तान विराट कोहलीले ३० रन जोडे भने क्वान्टन डेकले १८ र कोरी एन्डर्सनले १५ रनको योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९४ रन जोड्यो। दिल्लीका लागि रिशव पन्तले ८५ रन जोडे। उनले ४८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे। यस्तै श्रेयर एयरले पनि ३१ बलमा ५२ रनको योगदान दिए। राहुल टेवाइटाले नटआउट १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङतर्फ बैंग्लोरका युजेभन्द्र चाहलले २ विकेट लिए। उमेश यादव, वासिङटन सुन्दर र कोरी एन्डर्सनले १-१ विकेट हात पारे।