महानगरले बन्द गर्दै, अदालतले खोल्दै - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

महानगरले बन्द गर्दै, अदालतले खोल्दै



काठमाडौं महानगरपालिकाले बन्द गराएको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू भएको छ।

उच्च अदालत पाटनले उक्त बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएपछि वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू गरिएको हो।

वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि महानगरले उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो।

आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय बदर गर्न माग गर्दै शकुन्तलाल हिराचन उच्च अदालत पाटन गएका थिए। हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ। रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय गर्ने अदालतले जनाएको छ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्डहरू पनि हटाउन थालेको थियो।