प्रहरी प्रवक्तामा डिआईजी पोखरेल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल



काठमाडौं– नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो ।

यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए ।