१६ एसएसपीहरु डीआईजीमा बढुवाका लागि सिफारिस (नाम सहित) - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

१६ एसएसपीहरु डीआईजीमा बढुवाका लागि सिफारिस (नाम सहित)



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सोमबार १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनावश्यक पद खारेज गर्ने जनाएसंगै ७ पद खारेज गर्दै १६ जनाका लागि मात्र सिफारिस गरेको हो । गत वर्षको चैत २८ गतेदेखि डिआईजीका २३ पद रिक्त छन् ।

यी हुन् सिफारिसमा परेका नाम-

  1.  केदार रिजाल
  2. शेरबहादुर वस्नेत
  3. पिताम्बर अधिकारी
  4. दिपककुमार थापा
  5. दिनेश अमात्य
  6. नारायणसिंह खड्का
  7. रवीन्द्रप्रसाद शर्मा
  8. कमलबहादुर जिटी
  9. महेन्द्रकुमार पोखरेल
  10. महेशविक्रम शाह
  11. प्रेम चन्द
  12. श्याम खड्का
  13. दानसिंह बोहरा
  14. सुशीलकुमार भण्डारी
  15. रामप्रसाद श्रेष्ठ
  16. सुरज केसी ।