डिस्चार्ज अनिश्चित: आइसियुमै प्रधानमन्त्री, जोखिम कायमै - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

डिस्चार्ज अनिश्चित: आइसियुमै प्रधानमन्त्री, जोखिम कायमै



काठमाडौं- मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आइसियुमा राखिएको छ।

सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसियूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

प्रधामन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आकलन गरेका खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

उनलाई थप कतिदिन आइसियूमा राख्ने भन्ने चिकित्सकले खुलाएका छैनन्।

उपचारमा संलग्न डा.सुवास आचार्यले पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधामन्त्री ओलीलाई आईसीयूमै राखिएको बताए।

ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेका डा.रमेशसिंह भण्डारीका अनुसार प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले मंगलबार संक्रमण सुरु भएको २–४ घण्टामै पेटभरि फैलिएको थियो।

‘उहाँको शरीरमा सामान्य व्यक्तिको दाँजोमा अत्यन्त छिटो संक्रमण फैलियो,’ उनले भने।

‘पेटभरि एपेन्डिक्सको संक्रमण फैलिएकाले ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) गरेर एपेन्डिसाइटिस हटाइएको थियो।

‘मंगलबार यहाँ आउँदा प्रधानमन्त्री धेरै बिरामी हुनुहुन्थ्यो,’ डा.भण्डारीले भने, ‘शल्यक्रियापछि संक्रमणको असर अलिअलि पेटमा भयो, रगतमासमेत भयो । तर हामीले आशंका गरेकोसम्म भएन । सोचेभन्दा राम्रो सुधार देखिएको छ।