एक लाख घुसलिदा पक्राउ - Himal Post Himal Post
  • ६ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 18 2024
Logo

एक लाख घुसलिदा पक्राउ



हिमाल पोष्ट/ र्दिवास, ६ मङ्सिर ।
नापी कार्यालय महोत्तरी जलेश्वरका अमिन (खरदार) रु एक लाख घुस रकम सहित आज थलोमा नै पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिएर कार्यालयबाट निस्कँदै गर्दा अमिन सन्तोषकुमार महासेठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास सम्पर्क कार्यालयले आज साँझ पक्राउ गरेको हो ।

अंशबण्डा प्रयोजनका लागि जग्गा कित्ताकाट गराउन पुगेका जिल्लाकै बर्दिवास–३ का एक सेवाग्राहीसँग घुस रकम लिनासाथ अभियुक्त महासेठलाई पक्राउ गरिएको अदुअआ बर्दिवास सम्पर्क कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।

जिल्लाकै गौशाला–५ का स्थायी बासिन्दा महासेठबारे धेरै सेवाग्राहीबाट गुनासो सुनिएको थियो । रासस