तराईको पिडामा रवी लामिछाने र धुर्मुसको मल्हमपट्टी ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

तराईको पिडामा रवी लामिछाने र धुर्मुसको मल्हमपट्टी !



काठमाडौं–बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवी लामिछानेको टोली राहत वितरण कार्यक्रम सक्रिय भएका छन् ।

आइतबार रातिको हावाहुरीले घरबार बिहीन भएर विचल्ली परेकाहरुलाई उनीहरले राहत वितरण थालेका हुन।

आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ । यो राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्‍याएर गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका प्रतिनिधि मण्डलको रोहबरमा हस्तानान्तरण गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

त्यस्तै पत्रकार रवी लामिछानेको टोलीले पनि राहत वितरण गरेको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरुमा गएको, केही दिनका लागि पुग्ने खाद्यान्न आफूहरुसँग स्टकमा रहेको उल्लेख गरेका छन् ।

सरकारले पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेको उपचार गर्ने, राहत, उद्धार तथा प्रभावितको उचित व्यवस्थापनका लागि गृहमन्त्रालयलाई निर्देशन दिएको हो । सोमबारै बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले पनि राहत उद्धारमा तदारुकता देखाउने तथा मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।