धुर्मुसलाई ५० लाखको अफर, सत्य कि झुट ? - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

धुर्मुसलाई ५० लाखको अफर, सत्य कि झुट ?



काठमाडौं- नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो।

तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा।

पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे, तर असफल भए।

यो ५० लाखे हल्ला क्याम्पमा कमेडियन कलाकार हुँदै समाजसेवी हुने तहडमा लागेका धुर्मुस अर्थात सीताराम कट्टेलको पनि प्रवेश भएको खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

उनी चार वर्षदेखि समाजसेवामा छन्। बल्लबल्ल घर चलाइरहेको छु भनेर कतैकतै सँक्कसुँक्क पनि गरेको देखिन्छ।

तापनि लाखौँ खर्चिएर फिल्म बनाउन कस्सिएका छन् उनी।

यही मौकामा ५० लाखको गफ पनि फ्याँकि हाले, ‘यो बीचमा फिल्म खेल्ने अफर नि आथ्यो ५० लाख पारिश्रमिक प्लस सेयर’ भन्दै। धुर्मुसले पो भनेको हो त पत्याउनु परिहाल्यो!