धुर्मुसले भने : म झुन्डिन तयार छु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

धुर्मुसले भने : म झुन्डिन तयार छु



चितवन- डोजर काण्डपछी सुरक्षा प्रत्याभूति नभएको भन्दै निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगाशालाको निर्माण काम पुनः सुचारू भएको छ।

शनिबार चितवनस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि र टोलका अगुवालाई राखेर काम पुन सुरु गरेको बताइएको छ ।

जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएपछि फाउण्डेसनले आवश्यक सुरक्षा प्रत्याभूतिबिना काम गर्न नसक्ने भन्दै निर्माण कार्य स्थगित गरेको थियो। अहिले स्थानीय राजनीतिक दल, प्रशासनिक अंग, महानगर तथा सबैको साथ र सहयोग पाउने एवम् आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशालाको निर्माण कार्य सुचारू गरिएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए।

कार्यक्रममा स्थानीयहरुलाई धुर्मुसले आफूले गलत कुरा बोलेको प्रमाणित भए मैदानमै झुण्डिन तयार रहेको बताएका छन्। उनले भनेकाछन् ‘यदि मैले बनावटी कुरा गरेको भए म यही मैदानमा झुण्डिन तयार छु।,’ उनले भने, ‘म हत्तपत्त रूने मान्छे होइन, यो घटनामा म रोएँ। कसैलाई लाग्ला नाटक गर्न रोयो। तर यसपटक मेरो मन रोयो। यो सिंगो नेपालीको मन रोएको हो।’