धुर्कोट गाउँपालिकाको पहिचान झल्कीने गीत सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धुर्कोट गाउँपालिकाको पहिचान झल्कीने गीत सार्वजनिक(भिडियो सहित)



गुल्मी ।  गुल्मीको धुर्कोट गाउँपालिकाले त्यहाँको पहिचान झल्कीने गरी सुमधुर गीत बजारमा ल्याएको छ ।

‘यो हो हाम्रो धुर्कोट गाउँपालिका’ बोेलको गीत गायक रामकुमार विष्ट र गायिका पवित्र सर्तुङ्गे मगरको स्वरमा सजिएको उक्त गीत बजारमा ल्याईएको हो ।

लय तथा शब्द सिर्जना गायक स्वयम बिष्टको हो भने त्यसको विशेष सहयोगी कलाकार असिम महत , नरेन्द्र थापा रहेका छन । त्यस्तै थेगो सिर्जना कलाकारद्धयः सुनिल थापा र संगित रामचन्द्र चन्दको रहेको छ ।

उक्त गीतले धुर्कोटको धार्मिक , सांस्कृतिक र सामाजिक सद्भावलाई समेट्नुका साथै कृषि उत्पादन र पर्यटन विकासलाई प्रोत्साहित समेत गरेको छ । दर्जनौं लोक गित मार्फत नेपाली लोक साङ्गितिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापति गरेका गायक तथा संञ्चारकर्मी बिष्ट आफै पनि धुर्कोट–३ हाडहाडे निवासी हुन् ।

उनले आफु जन्मिएको माटो प्रति समर्पित हुँदै गीतमा समग्र धुर्कोटलाई समेट्ने प्रयास गरेको र शब्द संगै धुर्कोटको दृश्य आफै बोल्ने बताए ।

मिनी म्युजिक प्रा.लि. काठमाण्डौंले बजारमा ल्याएको उक्त गीतको दृश्यमा धुर्कोटका साविकका सात वटै वडा देख्न सकिन्छ त्यहाँका पहिचान झल्काईएको छ ।