दुर्घटनामा एक महिलाको मृत्यु - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

दुर्घटनामा एक महिलाको मृत्यु



काठमाडौं– शनिबार बिहान साढे ११ बजे नयाँबजार पिपुल्स अस्पताल अगाडि सडकमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

११ बजे बा २ ख ७०६ नम्बरको माइक्रो, बा ३४ प ३६६७ नम्बरको मोटरसाइकल र बा ५३ प ३७८२ नम्बरको स्कुटर संलग्न सवारी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर पछाडी सवार नुवाकोट घर भई हाल काठमाडौं बस्ने ४० वर्षिय पवित्रा देवी भट्टको मृत्यु भएको हो। दुर्घटनामा संलग्न सवारी साधन सहित चालकहरुलाई महानगरिय प्रहरी वृत लैनचौरले नियन्त्रणमा लिएको छ। कसरी दुर्घटना भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।