कञ्चनपुर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कञ्चनपुर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर-गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अटोरिक्साका चालक प्रेम थापाको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले थापाको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् । उनले मृतक थापाको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको जानकारी दिए ।