ढुंगेललाई माफी दिएको विरोधमा नेविसंघद्वारा प्रदर्शन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ढुंगेललाई माफी दिएको विरोधमा नेविसंघद्वारा प्रदर्शन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फौजदारी अभियोग लागेका बालकृष्ण ढुंगेललाई आममाफी दिएको विरोधमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघले ढुंगेललाई दिइएको आममाफीको विरोधमा मंगलबार काठमाडौंमा जुलुस निकालेर प्रदर्शन गरेको हो । शंकरदेव क्याम्पस अगाडिबाट विरोध प्रदर्शन शुरु गरेर पुतलीसडक, बागबजार परिक्रमा गरेको प्रदर्शनमा सहभागीहरुले जानकारी दिएका छन् ।

उनीहरुले ‘हत्यारा छोड्न पाइँदैन, ओली सरकार चाँहिदैन, कम्युनिष्ट सर्वसत्तावाद देखियो, न्यायको घाँटी रेटियो’ लगायत नारा लगाएका थिए । ११ औं गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सरकारले तत्कालिन माओवादी नेता ढुंगेलसहित ८१६ जना कैदीलाई माफी दिएको छ । उनी उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका थिए ।