बालकृष्ण ढुंगेल जेलमुक्त - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बालकृष्ण ढुंगेल जेलमुक्त



काठमाडौं। चौतर्फी विवादका बीच पुर्व माओवादी सांसद बालकृष्ण ढुंगेलको कैद माफी गर्ने निर्णय भएको छ ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार साँझ कैद माफीको प्रस्ताव स्वीकृत गरेकी हुन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन् । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीसम्बन्धी सिफारिसको निर्णय गरेको थियो ।

राष्ट्रपतिका स्वकिय सचिव शिव भट्टराईका अनुसार सरकारबाट सिफारिस भएको सबैको कैद माफीको निर्णय भएको छ । निर्णय गर्नुअघि राष्ट्रपति भण्डारीले परामर्श गर्नुभएको थियो ।

प्रस्ताव लिएर गृहसचिव प्रेमकुमार राई आफैं राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।

राईले सबै प्रक्रिया कानुन सम्वत् भएको बताएपछि राष्ट्रपतिले सरकारको प्रस्तावअनुसार ढुंगेललाई पनि कैद माफीको निर्णय गरेकी हुन् ।

सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो । द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए ।

तत्कालिन पुनरावेदन अदालतले सफाई दिएपछि उनी छुटेपनि सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । लामो समयसम्म उक्त फैसला कार्यान्वयन भएको थियो ।

गत कात्तिकमा अदालती निर्णय कार्यान्वयन गराउन तत्कालिन प्रहरी मानिरिक्षक प्रकमा अर्याललाई अदालतले पत्र काटेपछि कात्तिक १४ गते उनी पक्राउ परेका हुन ।

कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने कानुनी प्रवाधानअनुसार ढुंगेल जेलमुक्त भएको बताइएको छ

ढुंगेलको माफीविरुद्ध परेको रिटउपर सर्वाेच्चले हिजो त्यससम्बन्धि निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको थियो ।