धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा



नयाँ पत्रीका : काठमाडौं । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनु पर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ।

राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

तर, गभर्नर डा. चिरञ्जिवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन्।

गत साउनमा धुल्याउन नोट नष्ट गर्न टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा तीन नोट कम थिए। अपुग तीन हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो। जब कि टेबलमा नोटको थुप्रो नै थियो। शंका लागे पनि अरु बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो।

तर, कर्मचारीमा चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे। कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालय पठाइएको थियो।