धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता, दोस्रोमा एमाले - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता, दोस्रोमा एमाले



काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन्।

जेब्रा चुनाव चिन्ह भएकाले उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन्।

मतगणना जारी छ। धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए।

अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए। गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए।