'धुम-४' मा शाहरुखको भूमिका यस्तो - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

‘धुम-४’ मा शाहरुखको भूमिका यस्तो



एजेन्सी- बलिउड स्टार शाहरुख खानले आदित्य चोपडाको ब्लकबस्टर हिट सिरिज ‘धुम’ को चौथो अंकमा खलनायकको भूमिकामा देखिनसक्ने बताइएको छ।

यसअघि पनि शाहरुख ‘धुम-४’ मा खलनायकको भूमिकामा देखिन सक्ने समाचारहरु आएका थिए। तर, शाहरुखले भने त्यतिबेलै यीसब जिज्ञासाहरुलाई टार्दै आफू आनन्द एल रायको फिल्म ‘जिरो’मा व्यस्त रहेको प्रतिक्रिया दिएका थिए।

‘जिरो’ सन् २०१८ मै रिलिज भइसकेको छ। यो फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएको थियो। यो फिल्म फ्लप भएपछि शाहरुखका समर्थक उनको नयाँ फिल्मको प्रतीक्षामा छन्। तर, शाहरुख अहिले कुनै पनि फिल्ममा काम गरिरहेका छैनन्। उनले राकेश शर्माको बायोपिक फिल्म ‘सारे जहाँ से अच्छा’मा पनि नखेल्ने बताइसकेका छन्। अहिले पूरापूर समय खाली रहेका शाहरुखले के धुम-४ मा खलनायकको भूमिका निभाउलान्? उनका फ्यान तथा फिल्मकर्मीका लागि पनि कौतुहलताको विषय बनेको छ।

यसराज फिल्म्स्‌को धुम सिरिजमा अहिलेसम्म दिग्गज कलाकारलाई नै खलनायकको रुपमा प्रस्तुत गरिएको छ। शाहरुख खानले केही वर्षदेखि नायकको रुपमा प्रभाव छोड्न सकेका छैनन्। त्यसकारण पनि उनले खलनायकको भूमिकामा आफूलाई प्रस्तुत गर्नसक्ने आँकलन समेत गरिएको छ। डिएनए र बलिवुड हंगामाको रिपोर्ट्सका अनुसार शाहरुख धुम-४ मा खलनायकको भूमिकामा देखिनेछन्। यसअलावा फिल्मको निर्देशकमा समेत नयाँ अनुहार देखिनसक्ने बताइएको छ।

धुम सिरिजमा अहिलेसम्म जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले खलनायकको भूमिका निर्वाह गरिसेकेका छन्। यसपटक कुन दिग्गज कलाकारलाई यस भूमिकामा देख्न पाइनेछ, प्रतिक्षाकफ विषय बनेको छ।