मैदानमै जब धोनीको मुखबाट रगत निस्कियो ... - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

मैदानमै जब धोनीको मुखबाट रगत निस्कियो …



 हिमालपोस्ट/काठमाडौँ

विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डविरूद्धको खेलमा धोनीले रगत थुक्दै गरेको फोटो इन्टरनेटमा फैलियो। सो खेलमा उनले न्युन गतिको इनिङ्द्वारा प्रशंसकहरूलाई निराश पारिरहेका थिए। अर्थात् उनको कम गतिका कारण प्रशंसकहरूको चित्त बुझिरहेको थिएन।

तर ब्याटिङ गर्दा धोनीले महसुस गरेको पीडा भने कसैले चाल पाएनन्। यो खेलको अवधिमा उनलाई दुई पटक हातमा चोट लाग्यो, एक पटक विकेट किपिङमा र अर्को पटक ब्याटिङमा। त्यही पीडा कम गर्नका लागि धोनीले हातको बुढी औँलो(चोट लागेको) चुसेर रगत थुकेका थिए। त्यसरी थुकेको फोटो इन्टरनेटमा फैलिएको थियो।