डोलश्वर मन्दिर भक्तजनको लागि आज दिनभरलाई खुल्ला - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

डोलश्वर मन्दिर भक्तजनको लागि आज दिनभरलाई खुल्ला



 बैशाख,१६ भक्तपुर।

 

वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।

आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको छ । समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यका लगायत आसपासका जिल्लाबाट समेत भक्तजनहरु बिहानै देखि मन्दिरमा आएका थिए ।

मन्दिर परिसरमा आज जौको सातु र सर्वत पनि भक्तजनहरुका लागि वितरण गरिएको थियो ।