सल्लाहकार र वैकल्पिक सदस्यको परिपूर्ति यसरी गर्‍यो ढिकुरा समाजले - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सल्लाहकार र वैकल्पिक सदस्यको परिपूर्ति यसरी गर्‍यो ढिकुरा समाजले



रुपन्देही – अर्घाखाँची जिल्लाको साबिकको ढिकुरा गाविससँग सम्बन्धित रुपन्देही जिल्लामा बसोबास गर्ने ढिकुरेलीहरुको एकतामा गैर राजनैतिक क्षेत्रमा खोलिएको सामाजिक सङ्गठन ढिकुरा अर्घाखाँची रुपन्देही सम्पर्क समाजको नामले चिनिन्छ ।

अर्को हिसाबले भूमिकास्थान नगरपालिका वडा नम्बर नौ ढिकुराबाट रुपन्देहीमा अध्ययनरत, कार्यरत एवं बसोबास गर्ने समूहको सामाजिक सङ्गठन ढिकुरा समाज हो ।

विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको यो सामाजिक संस्थाको दोस्रो अधिवेशन सम्पन्न भए लगतै २ जना वैकल्पिक सदस्यको थप गरी १५ सदस्सीय कार्यसमिति बनाएको छ ।

यसरी थप गरी बनाइएको कार्यसमितिमा अध्यक्ष राम प्रसाद पोख्रेल, उपाध्यक्ष भुवन दर्लामी र उपाध्यक्ष बसन्ता घिमिरे, सचिव गोविन्द पोख्रेल, सह–सचिव निर्मला पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद मरासिनी, सदस्यहरूमा गोविन्द घिमिरे, सुरेश घिमिरे, बाबुराम भट्टराई, कमला घिमिरे, बल बहादुर खत्री(किशोर), हरि खासु, शुभद्रा घिमिरे, दिनेश घिमिरे र गणेश चुदाली गरी १५ जना रहेका छन् ।

अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रोयल एकेडेमीको हल मिलन चोक बुटवलमा सम्पन्न भएको हो ।

यस दौरान विशेष छलफलद्वारा सल्लाहकार सहयोगीमा डिल बहादुर थापा(बिन्दु), धु्रबराज मरासिनी, भक्तिराम घिमिरे, अर्जुन प्रसाद घिमिरे, रघुपति चुदाली, चिन्तामणि घिमिरे, ऋषभ पोख्रेल, राजन घिमिरे, किरण खनाल र टेकराज भट्टराईलाई चयन गरी १० सदस्सीय सल्लाहकारहरूलाई चयन प्रक्रियाबाट टुङ्गो लगाएको छ ।

आगामी दिनका कार्ययोजना सम्बन्धमा छलफल गरी नयाँ वर्षको भित्ते पात्रो छाप्नका लागि पहल गर्ने, विधानलाई प्रक्रियागत हिसाबले टुङ्गो लगाउने जस्ता कामको लागि नयाँ कार्यसमितिले अग्रसरता देखाएको थियो ।