स्वीकृति बिनै धर्मशाला लिजमा: बताससँगको सम्झौता खारेज गर्न सिफारिस - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

स्वीकृति बिनै धर्मशाला लिजमा: बताससँगको सम्झौता खारेज गर्न सिफारिस



काठमाडौँ- पशुपति क्षेत्र विकाश कोषले संचालन गर्ने धर्मशाला स्वीकृति बिना नै लिजमा लिएको खुलेको छ । अधिकारप्राप्त निकायको स्वीकृति नदिई लिजमा दिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै स्वीकृति बिना नै धर्मशाला लिजमा दिएको बताएको हो।

छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झाैता गैर कानूनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन भएको समितिले मिलेमतोमा सम्झौता गैर कानूनी रुपमा गरिएको भन्दै खारेज गर्न सिफारिस गरेको हो ।

अहिले बतास समूहले धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ । नारायणहिटी प्रकरणपछि बतास समूहले भाडामा लिएको धर्मशालाको विवाद चर्किएको थियो ।