धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले पक्रियो ! - Himal Post Himal Post
  • १० बैशाख २०८१, सोमबार
  •      Mon Apr 22 2024
Logo

धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले पक्रियो !



हिमालपोष्ट सम्बाददाता/ काठमाडौं

केही समय अगाडी गोली काण्डमा परेका धर्मगुरुको रहस्य खुलेको छ। हिन्दुधर्मको रक्षा र पुनर्स्थापनाको लागी धेरै समूहहरू सक्रिय छन् त्यसैमा पर्छन धर्मगुरु श्रीनिवाशाचार्य पनि ।

श्रीनिवाशाचार्य आफैले गोलिकाण्ड मच्च्याउन लगाएको सनसनीपूर्ण खुलासा भएको छ । नेपालमा हिन्दु धर्म कायम गर्ने योजनाकासाथ उनले आफैलाई गोली हान्न लगाएको प्रहरीको अनुसन्धान बाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र २५ गते बिराटनगरमा गोली लागेका उनी उपचारपछि घर फर्किएका हुन् । प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको छ । उनकै योजनामा गोली हान्ने र पेस्तो उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ । सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

‘मलाई गुरु श्रीनिवासाचार्यले गोली हान्न सिकाइ धर्म र देशका लागि केही गर्नुपर्छ भनी उनले नै उक्साई गोलीसहितको पिस्तोल दिई हातैमा हान्न लगाएका हुन्’, प्रहरीलाई दिएको बयानमा चौधरीले भनेका छन् ।

केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान गुरु श्रीनिवासाचार्यले प्रहरीलाई दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । ‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्मगुरुहरूलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ’, श्रीनिवासाचार्यको बयानबारे एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।

प्रहरीले अधिकारी र चौधरीलाई वैशाख २० गतेबाट लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने मुद्दा चलाउन सात दिनको म्याद थपिसकेको छ ।

‘हिन्दुराज्य कायम गर्नका लागि विभिन्न चरणमा भएका आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्मगुरुहरूलाई उक्साउनका लागि गुरु श्रीनिवासचार्यले आफ्ना विश्वासपात्र लक्ष्मीराज अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाई गोली समेत हान्ने माधव चौधरीलाई खोजी प्रशिक्षण दिएर घटना गराएको पाइयो’, मोरङ प्रहरी प्रमुख एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।