निर्दयी छोरा : धारीलो हतियारले आफ्नै बुवाको हत्या गरे - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

निर्दयी छोरा : धारीलो हतियारले आफ्नै बुवाको हत्या गरे



विशाल पाण्डेय / कैलाली ।
कैलालीमा धारीलो हतियार प्रयोग गरि छोराले आफ्नै बुवाको हत्या गरेका छन् । घोडाघोडी नगरपालिका- ११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरि आफ्नै बुवाको हत्या गरेका हुन् ।

५५ बर्षिय छोरा उदे रावतले आइतबार राती करिब ११:३० बजे धारिलो हतियार हसिया प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षिय काल्चे रावतको मृत्यु भएको घोडाघोडी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दान सिंह जोगिले जानकारी दिए ।

घटनामा परि मृतक रावतकि श्रीमती नन्दे रावत गम्भिर घाईते भएको र उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिए । जोशिका अनुसार घरायसी विवादका कारण छोराले आफ्नै बुवा माथि धारिलो हतियार प्रहार गरेको हो ।

हत्या गरि फरार रहेका उदे रावतलाई आइतबार राती नै पक्राउ गरि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।