धनुषाका सिडिओसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

धनुषाका सिडिओसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं- धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।

गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषाको तत्कालिन भरतपुर गाविसको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको हो । त्यसक्रममा गुठीको नक्कली मोही खडा भएको आयोगको दाबी छ ।

तत्कालिन सिडिओ गौतमसहित गुठी संस्थान धनुषाका तत्कालिन प्रमुख राजुबाबु पाण्डे, कर्मचारीहरु मनोज कुमार आचार्य, हरिचन्द्र भुषाल, मुअब्जा लिने गायत्रीदेवी जयसवाल र शत्रुधन जयसवाल, विचौलिया सुमनकान्त ठाकुर लगायतविरुद्ध मुद्दा दायर भएको हो ।