धनुषा विस्फोटको रहस्य: ६४ लाखको हिसाब भेटियो - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

धनुषा विस्फोटको रहस्य: ६४ लाखको हिसाब भेटियो



काठमाडौं- धनुषामा प्रहरी इन्सपेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट हुँदा राजेश साह, उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर अमिर दाहालको मृत्यु भएको थियो।

पक्राउ परेकी सीता महरा प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव समूहसँग आवद्ध रहेको पनि खुलेको छ।

चर्को व्याज तिर्नुपर्ने भएपछि उनले साहविरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरी आशंका छ।

यो खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहाल र अजित तिवारीले लेखेका छन्।

‘घटना रिसइबी र आर्थिक लेनदेनका कारण भएको आशंकामा अनुसन्धानलाई फराकिलो बनाएका थियौँ,’ स्रोतले भन्यो, ‘त्यही क्रममा पक्राउ परेका लतिफ र सीताले क्रमशः ४१ लाख र पाँच लाख रुपैयाँ राजेशलाई तिर्नुपर्ने तथ्य र प्रमाण भेटिएको हो।’

साहले ३६ प्रतिशत व्याजमा रकम लगानी गरेको स्रोतले बताए पनि अनुसन्धानलाई असर पर्ने भन्दै प्रहरीले यसबारे औपचारिक रुपमा केही बताएको छैन।

‘सीताले पाँच लाख रुपैयाँको साँवा व्याज गरी १२ लाख तिर्नेगरी सापटी लिएको देखियो,’ स्रोतले भन्यो, ‘लतिफले राजेशलाई एकमुस्ट ४१ लाख रुपैयाँ तिर्नुपर्ने कागज गरेको पनि भेटियो।’

‘घटनाको कडी लेनदेन र विप्लव समूहसँगको कनेक्सनमै लुकेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अन्य पाटोमा सूक्ष्म अनुसन्धान चालिएको छ।’