धनराजको प्रस्ताव- बाँदर बेचेर आर्थिक संकट टारौं - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

धनराजको प्रस्ताव- बाँदर बेचेर आर्थिक संकट टारौं



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला । मुलुक आर्थिक महासंकटबाट गुज्रिएको छ । आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै होला ।”

श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले नेपालबाट पनि निर्यात गर्न सुझाव दिए ।

“हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतंक मच्चिएको छ, बाँदर आतंक फैलिएको छ, निर्यात गर्दा समाधान पनि हुन्छ,” उनले भने ।

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि बताए ।