धनराज गुरुङ उम्मेदवार नबन्ने
काठमाडौं ।धनराज गुरुङ प्रतिनिधिसभाको लागि उम्मेदवार नबन्ने भएका छन्। नेपाली कांग्रेस कास्की २ को प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङको चर्चा चल्ने गरेको थियो ।
गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएपछि यस्तो अवस्था आएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन गरेका छन् । उनले ट्वीटरमार्फत पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको जनाएका छन् ।
पूर्वसभासद गुरुङ स्याङ्जाका हुन् । उनले कास्की २ मा टिकट पाउन लागेको भनी प्रचार भइरहेको बेला कांग्रेसले आधिकारिक रुपमा गुरुङको उम्मेदवारीको सम्भावना नरहेको प्रष्ट पारेको हो ।
उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म पनि काङ्ग्रेसले उम्मेदवार तय गर्न सकेको छैन ।