लिपुलेकबारे बोले धनराज: मोदीसँग सिधा वार्ता गर्न सरकारसँग माग - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

लिपुलेकबारे बोले धनराज: मोदीसँग सिधा वार्ता गर्न सरकारसँग माग



काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लिपुलेकमा भारतले गरिरहेको बलमिच्याईबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गर्नुपर्ने बताएका छन् ।

सरकारले बोल्न नसकेको भन्दै चर्को आलोचना भैरहेका बेला गुरुङले भारतीय प्रधानमन्त्री मोदीसँग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारसँग आग्रह गरेका हुन्।

नेपाल मुस्लिम संघ स्याङजाले बुधबार आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन्।

गुरुङले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गरेर विवाद टुंग्याउन सरकारलाई आग्रह गरेका हुन्।

‘राष्ट्रियताका सन्दर्भमा, राष्ट्रिय स्वाधीनताका सन्दर्भमा हामीले ढिला गर्नु हुँदैन’, उनले भने, ‘छिटोभन्दा छिटो भारतलाई कुटनीतिक नोट पठाएर, कुटनीतिक पहल गरेर सिधा वार्ता गरेर हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानीका सन्दर्भमा भारतीय प्रधानमन्त्री वा शासकहरुले कुरा उठाउन नपाउने गरी वार्ता गरेर यो कुरा टुंग्याउन म आग्रह गर्न चाहन्छु।

नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनको सरकारले नेपाली भूमिमा भारतीय सडक निर्माणबारे कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा उपसभापति गुरुङको सार्वजनिक अभिव्यक्ति आएको हो।

डेढ साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक हुँदै निर्माण भइरहेको सडक अझै फराकिलो बनाएर मानसरोवरसम्म पुर्‍याउने घोषणा गरेका थिए।