पूर्वमन्त्री पौडेलको निधन - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

पूर्वमन्त्री पौडेलको निधन



काठमाडौं– नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धनीराम (डीआर) पौडेलको निधन भएको छ ।

पौडेलको चितवन माडीस्थित निवासमा गएराति हृदयघातका कारण निधन भएको हो । पौडेल बिहीबार मात्र राजधानीबाट माडी गएका थिए । राति अचानक अप्ठेरो महसुस भएलगत्तै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पौडेल दोश्रो संविधानसभामा सदस्य थिए । उनी शिक्षामन्त्री भएका थिए ।