३० लाख अवैध रकम सहित धनगढीबाट एक भारतीय नागरिक पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

३० लाख अवैध रकम सहित धनगढीबाट एक भारतीय नागरिक पक्राउ



कैलाली । करिब ३० लाख रकम सहित जिल्ला प्रहरी कार्यालय कैलालीले एक जना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध बस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मा लाई २९ लाख ८० हजार अवैध रकम सहि पक्राउ गरेको हो ।

भारतीय नागरिक बर्माबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको हो । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए । उनीसँग छ बटा विभिन्न बैैंकका एटिएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । पक्राउ गरेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ ।